चलचित्र ‘२ रुपैँया’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलरको साथमा दुई गीत देखाइएको थियो । चलचित्रको ट्रेलरले दुई युवा जुरेली र दारीले पैसा कमाउन गर्ने संघर्षको कथा बोल्छ। जसमा एक्शन र क्राइम केन्द्रमा रहेको छ। भदौ २३ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा निश्चल बस्नेत र आसिफ शाहको मुख्य भुमिका रहेको छ । असिम शाहको निर्देशन रहेको चलचित्र जिटूवान प्रोडक्शन र ब्ल्याक हर्सको ब्यानरबाट निर्माण भएको हो । 

 


चलचित्रमा अन्य कलाकार बुद्धी तामाङ, मेनुका प्रधान, रबिन्द्र झा, राजन इशान, टिका पहारी, प्रतिक राज न्यौपाने, विशारत बस्नेत लगायतको अभिनय रहेको छ। आशिष रेग्मि, आशिफ शाह कथामाथी बनेको चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन्। त्यस्तै लोकेश बज्राचार्यको सम्पादन रहेको छ।