पछिल्लो समय चर्चामा आएकी गायिका हुन् स्मिता दाहाल । उनले गाएका गीतहरू ब्याक टु ब्याक सफल भइरहेका छन् । उनका प्राय सबै गीत करोड क्लबमा प्रवेश गरेका छन् । भर्खरै उनको 'मायालु तिमी कता छौ २' सार्वजनिक भएको छ जसलाई दर्शक श्रोताले निकै मन पराइरहेका छन् । गीत सङ्गीत र उनको स्वरबाट चर्चामा आउने स्मिता कहिलेकाहीँ उनको पारिवारिक पृष्ठभूमिका कारण पनि चर्चामा आउँछिन् । उनी नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् । सानो उमेर देखी नै गायकमा रुचि राख्ने स्मिता हजुरबुवा कै कारण चर्चामा आएकी भन्ने आरोप पनि उनलाई लाग्ने गर्छ । यसबारे स्मिता आफूलाई यो किसिमको आरोप लागेको सुने पनि आफूलाई व्यक्तिगत रुपमा कसैले यस कुरा नभनेको बताउँछिन् । उनी कसैले आफूलाई आफ्नो कला र क्षमतालाई प्रश्न गर्दै हजुरबुवालाई बिचमा ल्याउँदा चित्त भने दुख्ने सुनाउँछिन् । सिनेपाटी टिभीको एक अन्तर्वार्ताको क्रममा स्मिताले आफूलाई हजुरबुवा प्रतिष्ठित व्यक्ति भएकै कारण कुनै बेला केही सहज भने हुने बताएकी छिन् ।
उनी यसै विषयलाई लिएर ट्रोल बन्दा जति नै फरक पर्दैन भने पनि केही फरक पर्ने र चित्त दुख्ने सुनाउँछिन् । उनी भन्छिन्, एउटा पब्लिक फिगर भएपछि यस किसिमको कुराहरू सहने क्षमता हुनुपर्छ' । उनले आफ्नो पारिवारिक कुरा निकाल्दै आफ्ना हजुरबुवा (प्रचण्ड)ले कुनै समारोह वा पारिवारिक जमघट हुँदा आफूलाई गीत गाउन लगाउने र नाच्ने जस्ता क्रियाकलापमा सधैँ अगाडी रहने सुनाएकी छिन् । उनले आफ्नो गायन र अभिनय यात्राको बारेमा बोल्दै आफूलाई पनि अभिनयको रहर भएको र आफ्नै गीतमा एक पटक अभिनय गर्ने चाहना भएको बताएकी छिन् । उनी भन्छिन्, 'आफूलाई आफ्नै नामले चिनिन मन भएको र कहिलेकाहीँ आफ्नो नाम नै नराखी हजुरबुवाको नामबाट आफूलाई प्रस्तुत गरिदा दुख लाग्छ' ।