भोली(शुक्रबार ) बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत २’ले आक्रामक एडभान्स बुकिङ थालेको छ । बुधबारबाट बुकिङ खुल्ला गरेको चलचित्रले पहिलो दिन मुख्य मल्टिप्लेक्समा ६० प्रतिशत माथि अकुपाइड र दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ भएको निर्माण पक्षले जनाएको छ । प्रेमगीत २ लाई काठमाडौँको क्यूएफएक्सले १४ शो दिएको छ भने पोखरामा ५ शे दिइएको छ । शनिबारसमेत बुकिङ उच्च छ । शनिबारका पाँच सोज सोल्डआउट हुन लागेको क्यूएफएक्स अफिसियल पोर्टलमा देख्न सकिन्छ । 
देशभर ८० पर्दाबाट रिलिज हुने प्रदीप खड्का स्टारर सिनेमाले यसअघि नै हाइप कमाइसकेको छ । रामशरण पाठक निर्देशित फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । 
सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध प्रेमगीत २ को कथावस्तु हो । चलचित्रमा अश्लेषा ठकुरी र प्रदीप खड्काको मुख्य भुमिका रहेको छ ।