पछिल्लो समयकी चर्चित कलाकार रियाशा दाहालको आज जन्मदिन परेको छ । कमेडी सिरिज 'आजकलको लभ'बाट कलकारिताको यात्रा सुरु गरेकी दाहाल यति बेला निकै व्यस्त छिन् । नजिकिँदै गएको तीजको उपलक्षमा सार्वजनिक गरिएका गीत हरूमा रियाशा देखिइरहेकी छिन् । सोल्टिनी को भूमिकाबाट दर्शकको मन जितेकी दाहाल यति बेला एक पछि अर्को म्युजिक भिडियोमा देखिइरहेकी छिन् । उनले अभिनय गरेका म्युजिक भिडियो दर्शकले रुचाइरहेका छन् । सन् १९९५ मा काठमाण्डौमा जन्मिएकी रियाशाले आफ्नो जन्मदिन निकट साथी भाइ र आफन्त सँग मनाउँदै छिन् । चुलबुले र छुच्ची केटीको रूपमा दर्शकको मन जितेकी रियाशा दाहाललाई जन्मदिनको शुभकामना!!