मीना निरौलाको स्वर तथा गीतकार प्रह्लाद सुवेदीको तीज गीत 'गण्डकी बग्यो सली सली...' सार्वजनिक भएको छ । चर्चित मोडल अञ्जली अधिकारी फिचर्ड म्युजिक भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सङ्गीत वसन्त थापाले भरेका छन् भने सङ्गीत संयोजन आशिष् अविरलले गरेका हुन् । यसै गरी भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् र छायाङ्कन अजय रेग्मीको रहेको छ । गीत चलिआएको ट्रेन्डभन्दा केही फरक स्वादको रहेको छ ।