सम्राट चौलागाई र एलीना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'कहिले माया देखायौ' बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गायक चौलागाईकै शब्द र सङ्गीत रहेको गीत को भिडियोमा पछिल्ला समयका चर्चित मोडल सुधीर श्रेष्ठ र रियाशा दाहाल फिचर्ड छन् । भिडियोलाई सुरेन्द्र बसेल ले निर्देशन एवम् कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई वीर बहादुर थारुले सम्पादन गरेका हुन् । मोडल रियाशा र सुधीर पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियोमा देखिइरहेका छन् । उनीहरूको अभिनय र प्रस्तुति दर्शकले निकै मन पराएका छन् । यस गीत मा पनि यी दुईको जोडी र प्रस्तुति फरक र सुन्दर रहेको छ । प्रेमको भाव बोकेको गीतको अडियो र भिडियो राम्रो बनेको छ । वैंशमा लागाउने मायाले सताएको र खुशी बनाएको कुरालाई गीतमा प्रस्तुत गरिएको छ भने आफ्नो प्रिय मान्छेसँग छुट्टिनु पर्दाको पिडा गीतले बोकेको छ।