पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाको नयाँ गीत 'बिच्च बिच्चमा ३ बेसार'लाई दर्शकले निकै रुचाइरहेका छन् । गत शनिवार युट्युबमा सार्वजनिक गरिएको गीत ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ । वसन्त थापाको शब्द तथा सङ्गीत रहेको छ गीतलाई यति बेला सम्म १४ लाख २२ हजारले हेरिसकेका छन् । गीतको भिडियो केही फरक र प्रतिकात्मक भएका कारण र गीतमा वर्तमान परिस्थितिलाई व्यङ्ग्य गरिएका पनि दर्शक श्रोताले गीतलाई मन पराएका हुन् । यस म्युजिक भिडियोलाई ६८ हजारले लाईक गरेका छन् भने ५ हजार बढिले प्रतिक्रिया दिएका छन् । पछिल्लो समय समसामयिक विषयवस्तुमा आधारित रहेर गायक थापाले गीत ल्याइरहेका छन् ।

सार्वजनिक तीजको भाकामा तयार पारिएको यो गीतले नेपालको पछिल्लो राजनीतिक अवस्था र कोरोना भाइरस रोकथामको लागी सरकारले गरेको लापरबाहीलाई व्यङ्ग्य गरेको छ । गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । इनाक्षी इन्टरनेटमेन्टले तयार पारेको अडियो तथा भिडियोलाई काजिल श्रेष्ठले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोमा दुर्गेश थापाका अलावा जीबी चिरन, काजिस श्रेष्ठ, जीवन क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का फिचर्ड छन् ।