आज नेपाली आधुनिक गीत सङ्गीतका लोकप्रिय गायक रामकृष्ण ढकालको जन्मदिन परेको छ । उनले आज आफ्नो ४६ औं जन्मदिन मनाउदै छन् । सन् १९७४ मा आजकै दिन निजगढमा जन्मिएका ढकालले नेपाली आधुनिक गीत सङ्गीतलाई एउटा उचाइमा पुर्याएका छन् । युवा देखी वयस्क सम्म सबै उमेर समूहका श्रोताको मनमा बस्न सफल गायक ढकालको जन्मदिनको अवसरमा उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । उनले १४ वर्षको उमेरमा 'हाम्रो सुन्दर संसार थियो' बोलको गीत रेकर्ड गराएर नेपाली गीत सङ्गीत को दुनियाँमा प्रवेश गरेका थिए । त्यसयता उनले सयौँ गीत सङ्गीतमा आवाज दिइसकेका छन् । उनका ओराली लागेको, पहाडको छुकछुके रेल, आवरण, बचुन्जेली लाई, बचन तोडे कसम नि तोडे, चरीले त लगायत दर्जनौँ गीत निकै लोकप्रिय छन् । राष्ट्रिय तथा अन्य दर्जनौँ पुरस्कारद्वारा सम्मानित गायक ढकाललाई जन्मदिनको असीम शुभकामना!!