दृष्टिविहिन युवती सृष्टि के.सिको जीवनीमाथि आधारित रहेर बनेको चलचित्र ब्लाइन्ड रक्सको फस्ट लुक सार्बजनिक गरिएको छ । सार्बजनिक दुई पोस्टरमा नायिका बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । चलचित्रको नेपाल प्रर्दशन मिती पुष २८ लाई तय गरिएको छ भने ५ अगस्टमा यु.केमा रेड कार्पेट प्रिमियर गरिने निर्माण पक्षले बताएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रमा बेनिशा हमालका अलावा अर्पण थापा, गौरी मल्ल, बैंकर अनिल केशरी शाह लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा छायांकन नबराज कृष्ण थापाको, संगीत तारा प्रकाश लिम्बु, हरि लम्साल र कल्याण सिंहको,लेखन यम थापा र सुमन उप्रेतीको रहेको छ । चलचित्रमा निकेश लिम्बुको लगानी रहेको छ ।