अभिनेता राजेश हमालका भाइको निधन भएको छ । उनका एक मात्र भाइ राकेश हमालको उपचारका क्रममा निधन भएको हो । केही दिन अघी कलेजोमा देखिएको समस्याका कारण राकेशलाई प्लेन चार्टर गरेर उनलाई दिल्ली लागिएको थियो । दिल्लीको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हमालका पारिवारिक श्रोतले जानकारी दिएका छन् । यति बेला अभिनेता राजेश हमाल भने काठमाडौँमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने तयारी भइरहेको बुझिएको छ । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राकेश र राजेशको परिवार काठमाडौँको एउटै घरमा बस्छन् ।