गायिका सोफिया थापाले सोमबार ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तीज गीत सार्वजनिक गरेकी थिइन् । गीत सार्वजनिक भए लगत्तै विवादमा तानिएको थियो । गायिका थापाले आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी पनि गरेकी थिइन् । विभिन्न व्यक्तिहरूबाट आफूलाई फोन र म्यासेजमा धम्की आइरहेको र गीत नहटाएमा भौतिक आक्रमण गर्ने चेतावनीसमेत आएपछि प्रहरीमा उजुरी पनि दिएकी थिइन् । गीतको विवाद बढेपछि अफिसियल युट्युब च्यानलबाट हटाइएको छ । उनलाई हिन्दु धर्मको परम्परा विपरीत रहेको भन्दै गीत हटाउन धम्की आएको थियो । हिन्दु जागरण नेपालले विज्ञप्ति सार्वजनिक गर्दै युट्यवबाट गीत हटाउन अनुरोध नै थियो । गीतमा महिला र पुरुष बराबरी भएको र खुट्टाको पानी खानुपर्ने व्रत नबस्ने उल्लेख गरिएको छ । सोफियाले आफूले गीतमार्फत लैङ्गिक चेतना जगाउने उद्देश्य मात्रै राखेको र कुनै गल्ती नगरेको भन्दै उनले कसैको दबाबमा परेर गीत यूट्यूटबाट नहटाउने अडान राखेकी थिइन् । गीतमा उनकै शब्द तथा सङ्गीत रहेको छ ।