अभिनेता अनुपविक्रम शाहीको आज जन्मदिन परेको छ । सन् १९८५ आजकै दिन जन्मिएका उनले मोडलिङबाट करिअर सुरु गरेका थिए । ३५ वर्षमा प्रवेश गरेका उनी आज आफ्नो जन्मदिन आफ्नै घरमा परिवारका साथमा मनाउँदै छन् । कोरोना त्रास कम नभएका कारण पहिलाका वर्षहरूमा झैँ कुनै विशेष कार्यक्रम गरी जन्मदिन नमनाउने शाहीले बताए । अनुपले ‘पुरानो बुलेट’, बिर विक्रम, पासवर्ड, जायरा, कप्स, लप्पन छप्पन, लगायतका चलचित्र मा अभिनयाँ गरिसकेका छन् । अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय अनुपले केही समय देखी असहाय बालबालिकाको लालन पालनमा सहयोग गरिरहेका छन् । शाहीले आफ्नो जन्मदिनको अवसरमा उनै बालबालिकाका लागि ८ थान ल्यापटप हस्तान्तरण गर्दै छन् । जन्मदिनको अवसरमा अनुपलाई बिहानै देखी शुभकामना दिनेको ओइरो लागेको छ । हिरो र भिलेन दुवैको भूमिकामा दर्शकको माया पाएका शाहीलाई जन्मदिनको शुभकामना!!