नायक राजेश हमालका एक मात्र भाइ राकेश हमालको बुधवार निधन भयो । कलेजोमा समस्या देखिएर दिल्लीमा उपचारका लागी लागिएका उनको उपचारका क्रममा निधन भएको हो । आफूभन्दा डेढ वर्ष मात्र कान्छा भाइ राकेशको निधनले राजेश यती छिट्टो गुमाउनुको पीडा सायदै कसैले सोच्न सक्छ । आफूलाई परेको शोकका बारेमा जानकारी दिँदै राजेशले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन् जसमा दुई दाजुभाइका बाल्यकालदेखिका तस्बिर समावेश छन् ।
उनले भाइलाई बिदाइ गर्दै उनको आत्माले शान्ति पाओस् भनी कामना गरेका छन् । राकेशलाई उनका नजिकका मान्छेले काकु सम्बोधन गर्ने गर्छन् जुन राजेशमा स्ट्याटसमा पनि उनले लेखेका छन् । राकेश नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद मार्फत संञ्चालित राष्ट्रिय अपांग कोषका पुर्ब सभापति हुन् ।