सागर आलेको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी नै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । प्रविन जिङ्गको शब्द तथा सङ्गीत रहेको गीतमा सागरको साथमा शब्द रचनाकार प्रविनले पनि आवाज दिएका छन् । वासबी इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको यस गीत लाई सागर राना मगरको निर्देशन तथा कोरियोग्राफी रहेको छ । सार्वजनिक गीतको भिडियोमा सागर, प्रविन, मेनुका थापामगर लगायत फिचर्ड छन् । भिडियोलाई अनिल कटुवालको छायाङ्कन तथा सम्पादन रहेको छ ।