पछिल्लो समय दर्शकको माया पाएका र स्वर मन पराइएका गायक सनिश श्रेष्ठ र निलिमा थापा मगरको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मस्तै मस्तै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा कृष्ण केसीको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा स्वस्तिमा खड्का र रञ्जित पौडेलको अभिनय रहेको छ । यसै गरी गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई बुद्ध थापाले खिचेका छन् भने विकास धामलाले सम्पादन गरेका हुन् । गीत ले माया प्रेम र यसले जोडेको सम्बन्धको भाव बोकेको छ । गीत निकै सुरिलो बनेको छ भने भिडियो पनि सुन्दर बनेको छ ।