देवेन्द्र बब्लु र मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुसुक्क हाँस' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक भएको हो । गीतमा गायक देवेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ भने श्यामस्वेत रसाइलीको मिक्सिङ र एरेन्ज रहेको छ । सार्वजनिक म्युजिक भिडियोलाई गायक देवेन्द्र बब्लुले नै निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् । भिडियोमा देवेन्द्र र रोशनी कार्की फिचर्ड छन् । गीतले आफूले माया गर्ने मान्छे हाँस्दा हाँस्ने र रुँदा सँगै रुने भाव समेटिएको छ भने सँगै बाँच्ने र मर्ने कसम खाएका प्रेमी ले एक अर्काको लागी मुस्कुराउँदा दुबैलाई संसारकै ठुलो खुसी मिल्ने गीतले बताएको छ । भिडियोमा रोशनी र बब्लुको प्रेम निकै सुन्दर र सरल तरिकाले प्रस्तुत गरिएको छ । म्युजिक भिडियो बब्लुकै युट्युब च्यानलमा हेर्न सुन्न सकिन्छ ।