अस्मिता अधिकारी र पुरुषोत्तम सुबेदीको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाको घरबार’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।  गीतमा  डीपी दाहाल परिश्रमीको शब्द रहेको छ भने गायक पुरुषोत्तम कै सङ्गीत रहेको छ । सार्वजनिक गीत को भिडियोमा नायिका केकी अधिकारी र अभिनेता पुष्प खड्का फिचर्ड छन् । भिडियोलाई शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायाङ्कन र निर्देशक घिमिरेको नै सम्पादन रहेको छ । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोको कोरीयोग्राफी प्रबिन थापाको छ । मायाको घर बसाउन एक अर्का तयार रहौँ र मन मिलाएर अघि बढौँ भन्ने भाव गीतले बोकेको छ । गीत डिलाईटेड नेपाल युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।