यही आउदो साउन २७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र 'संरक्षण'लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्र संरक्षण हेर्नलाई १६ वर्ष भन्दा कम उमेरकालाई अभिभावकको निगरानीमा हेर्नु पर्ने छ । अभिनेता निखिल उप्रेती र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्रको कुनै पनि सिन सेन्सरले नकाटेको बताइएको छ ।

मधेसी राजनीतिमा आधारित रहेर तयार भएको चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र सौगातको साथमा प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, मलिना जोशी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहले निर्माण गरेका हुन् ।