नायिका परमिता राणाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । परमिता कै शब्द रहेको ‘अन्धकार’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । उनकै ‘क्विन’ एल्बममा रहेको यस गीतको भिडियो सहित परमिताले शनिवार सार्वजनिक गरेकी हुन् । परमिता र पिरो रानाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा परमिता आफै फिचर्ड छिन् । जसमा सुजनको छायाङ्कन र नुरविन राजभण्डारीको सम्पादन रहेको छ । गीतले मानसिक स्वास्थ्यसँग सम्बन्धित गीत ले परिस्थितिहरू जस्तो पनि आउने र आफू  पिडामा पर्दा संसार अन्धकार हुने कुरा गीतमा प्रस्तुत छ । परमिताले गीतमा बाहिर हाँसिरहेको मान्छेको मन रुने र मनभित्रको पीडा र भावना भने कसैले नबुझ्ने आशय व्यक्त गरेकी छिन् । साथै गीतले जति पिडा र दुख भए पनि अन्तसम्म लडिरहनु पर्ने र अगाडी बढिरहनु पर्ने सन्देश दिएको छ ।