चलचित्र ‘सङ अफ दि क्लाउड’ इटालीको एक फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । इटालीमा आयोजना भएको यस चलचित्र एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म सेक्सनतर्फ विजेता बनेको हो । यसले ५ सय युरो पुरस्कार जितेको छ । अंकित पौडेलले निर्देशन गरेको यस चलचित्रले मृत्युपछिको जीवनलाई काल्पनिक रूपमा देखाउन खोजिएको छ । अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भैसकेको चलचित्र यही सालको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । चलचित्रले वर्ल्ड फेस्ट हस्टन इन्टरनेशनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ । अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकितले हाल भने अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरेका अंकितले फिल्म थप केही फेस्टिभलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी दिएका छन् ।