मेलिना राई र विनय कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मायामा फसेकी म' बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । सबिन लामाको शब्द रहेको गीतमा विनय कार्की कै सङ्गीत रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतलाई शैलेन्द्र मान प्रधान (बाबु)ले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अलिषा शर्मा लगायत गायक कार्की र टिम फिचर्ड छन् । भिडियोलाई आशिष राईले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । एमएमएस एन्टरटेन्ट्मेन्टको प्रस्तुति गीत एम एम एस एन्टरटेन्ट्मेन्टको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ । गीतमा एउटा गायकको फ्यानले गायकलाई अगाडी भेट्दा हुने खुसी र उत्साह प्रस्तुत गरिएको छ । भने गीतले माया प्रेम र यसले जिउनुको अर्थ राख्ने कुरा प्रस्तुत गरेको छ ।