अमेरिकामा रहँदै आएका कलाकार गोपाल राउतको भएको छ । हृदयाघातका कारण राउतको ५८ वर्षको उमेरमा निधन भएको हो । सोमवार बिहान हृदयाघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही वर्षयता स-परिवार अमेरिकामा बस्दै आएका थिए । राउतले रुपमती, गुलाफ एकैपटक फुल्छ लगायत दर्जनौँ टेलिफिल्म तथा प्रेम युद्ध, दोधार, १६ बर्से जोबन, सन्न्यास, अर्जुनलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका थिए । स्वर्गीय राउतका एक श्रीमती, दुई छोरा र एक बुहारी छन् । मृतक आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा समवेदना !!