दुई हप्ता कोरोना पोजेटिभ देखिएका बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । घरमा नै स्वास्थ्य लाभ गरिरहेका उनीहरूलाई श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको कुरा नायक अभिषेक बच्चनले ट्विट गरी जनकारी दिएका हुन् । अस्पताल भर्ना भएको १० दिनमै कोरोनालाई जितेर बुहारी ऐश्वर्या र नातिनी आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि अभिनेता अमिताभ बच्चन भावुक भएका छन् । बच्चनले उनीहरू डिस्चार्ज भएपछि आँसु रोक्न नसकेको बताएका छन् । उनले सामाजिक सञ्जाल मा आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ भनी लेखेका छन् । सबैभन्दा पहिले कोरोना पोजेटिभ देखिएका अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन भने अझै पनि अस्पतालमा चिकित्सकको निगरानीमा छन् ।