२०६१ सालमा बनेको चलचित्र ‘आँधी तुफान’को सिक्वेल बन्ने भएको छ । त्यस समयको हिट चलचित्रको सिक्वेल बनाउने तयारी भइरहेको बुझिएको छ । आफूहरू यस चलचित्रको सिक्वेलको लागी तयार भएको र भदौबाट फ्लोरमा जाने निर्माता मौनता श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार यति बेला चलचित्रको लागी गीत रेकर्डिङको काम भइरहेको छ । चलचित्रको लागी को को कलाकार तय भएका छन् वा कसको सम्भावना रहेको छ त्यो बारेमा केही खुलाइएको भने छैन । अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका रहेको आँधी तुफानको सिक्वेल मा पुराना कलाकार नै दोहोरिने छन् वा नयाँ अनुहारले स्थान पाउने छन् त्यो भने निश्चित भएको छैन ।