नायक प्रदिप खड्का र नायिका अश्लेशा ठकुरी अभिनित बहुप्रतिक्षित चलचित्र 'प्रेम गीत २'ले आक्रामक सुरुवात गरेको छ । मल्टिप्लेक्समा चलचित्रको बुकिंग खुले संगै 'प्रेम गीत २'को क्रेज निकै प्रस्ट देखिन्थ्यो । शुक्रबारका अधिकांश शोहरु हाउसफुल भए भने शनिबार पनि बुकिंग निकै उच्च रहेको छ ।

काठमाडौँ र काठमाडौँ बाहिर गरेर ८० भन्दा बढी पर्दामा प्रर्दशन भइरहेको चलचित्रलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । दर्शकसंगै बसेर चलचित्र हेर्दा थप उत्साह मिलेको र वर्ड अफ माउथको  प्रभाव आगामी दिनमा देखिने निर्माता सन्तोष सेनले बताए ।