बलिउडकी भेट्रान अभिनेत्री कुमकुमको निधन भएको छ । कुमकुम ५० र ६० को दशकाकी एक लोकप्रिय अभिनेत्री हुन् जसलाई गुरु दत्तले चलचित्रमा ब्रेक दिएका थिए । भोजपुरी फिल्म ‘गङ्गा मैयाँ तोहे पियारी चढाईबो’ बाट अभिनयको दुनियाँमा पाइला राखेकी कुमकुमले ८६ वर्षको उमेरमा मङ्गलवार बिहान अन्तिम श्वास फेरेकी हुन् । बिहारमा २२ अप्रिल सन् १९३४ मा जन्मेकी कुमकुमको वास्तविक नाम जैबुनिस्सा हो । उनले आफ्नो फिल्मी करियरमा ११५ भन्दा बढी चलचित्रहरूमा काम गरेकी छिन् । जसमा मिस्टर एक्स इन बंबई, मदर इंडिया, सन अफ इन्डिया, कोहिनूर, उजाला, श्रीमान फन्टूश, एक सपेरा एक लुटेरा, गङ्गा की लहराने, आँखे लगायत सफल र चर्चित चलचित्र हुन् ।

जीवनको उत्तरार्धमा उनले भोजपुरी चलचित्रमा धेरै काम गरिन् जसले उनलाई ठुलो नाम र सम्मान दिलायो । भोजपुरी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी कुमकुमले चलचित्र 'आर प्यार' को गीत 'कभी प्यार पार लगागा तीरे नजर' बाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको निधनको खबर सँगै सम्पूर्ण बलिउड स्तब्ध भएको छ भने बलिउड हस्तीहरूले दुख व्यक्त गरेका छन् ।