बलिउडका प्रिय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउड निकै तनावमा गुज्रिरहेको छ । नातावाद समूहवादको कारण सुशान्त जस्तो क्षमतावान अभिनेता गुमाउनु परेकोमा बलिउडमा विवाद तथा आलोचना बढिरहेको छ । सुशान्तको आत्महत्या एक नियोजित हत्या भएको भनी चौतर्फी आरोप शङ्का उब्जिएपछि बलिउडका विभिन्न सेलिब्रेटीसंग सोधपुछ भइरहेको छ । यसै बिच प्रहरीले निर्देशक महेश भट्टसँग पनि सोधपुछ गरेको छ । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले भट्टसँग सोमबार २ घण्टा भन्दा लामो समय बयान लिएको हो । महेश र सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको प्रेम सम्बन्ध, चलचित्र 'सडक २' मा सुशान्तलाई नलिएको विषयमा प्रहरीले सोधपुछ गरेको थियो । बयानमा महेशले ‘सडक २’मा सुशान्तलाई अफर नगरेको बयान दिएका छन् । प्रहरीसँगको बयानमा महेशले सुशान्तसँग बान्द्रा अपार्टमेन्टमा भेट्दा किताब, सुशान्तको युट्युब च्यानल र अन्य विषयमा कुरा गरेको बताएका छन् भने चलचित्रको विषयमा कुनै कुरा नभएको दाबी गरेका छन् । केही समय पहिला सुशान्तले आफूलाई महेश भट्टको चलचित्रमा काम गर्न इच्छा रहेको बताएका थिए ।