बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो जन्मदिनको अवसरमा उनको आगामी चलचित्रको फस्ट लुक सार्वजनिक गरेका छन् । आफ्नो ६० औँ जन्मदिनमा दत्तले आफ्नो प्रतीक्षित चलचित्र 'केजीएफ च्याप्टर टु' को पोस्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । रकिङ स्टार यश अभिनीत चलचित्र ‘केजीएफ च्याप्टर वान’ को दोस्रो संस्करण यही वर्षको अक्टोबरका रिलिज हुने भनिएको छ । यद्यपि कोरोना प्रभावले यसको रिलिज मिति फरक पर्न सक्ने देखिन्छ । यसमा सञ्जय दत्त ‘अधिरा’ को भूमिकामा देखिनेछन् । सञ्जयले आफ्नो जन्मदिनमा ट्वीटर मार्फत केजीएफको पोस्टर सार्वजनिक गर्दै केजिएफ टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।