गीतको चाड हरितालिका तीजको अवसर पारेर हरेक दिन नयाँ नयाँ गीतहरू सार्वजनिक भइरहेका छन् । यस वर्ष आधुनिक र तडक भडक भन्दा बाहिर रहेर अधिकांश गायक गायिकाले गीतहरू निकालिरहेका छन् । तर केही गायक गायिकाले भने फरक शैलीका तीज गीतहरू पनि सार्वजनिक गरेका छन् जुन निकै फरक शैली र स्वादका रहँदै आएका छन् । यसै बिच रेस्लर गायिका अस्मिता जुरेलीले फरक शैलीको गीत बजारमा ल्याएकी छन् । अस्मिताले 'मान्देउ न शिवजी' बोलको गीत युट्युबमा सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतको भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको सङ्गीत रहेको छ । भने भिडियोमा गायिका अस्मिताको साथमा दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का(युनिका) फिचर्ड छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई समिर मियाँको सम्पादन गरेका हुन् भने रङ्ग संयोजनको छ । शिव विकको कोरियोग्राफी र निर्देशन रहेको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।