कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराई रियल लाइफ जोडी हुन् । पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय यो जोडी निकै लोभलाग्दो र खुसी जोडी हुन् । वास्तविक जीवनमा समाजको सो कल्ड जातभातको कुरालाई इन्कार गरेर आफ्नो प्रेमलाई जीवन भर साथ रहने गरी वैवाहिक जीवनमा बाँधिएका बर्देवा र भट्टराईको जोडीले पर्दामा पनि प्राय यही कुरालाई नै जोड दिन्छन् । समाज ले लगाइदिएको बन्धन लाई प्रेमको तागतले तोड्दै एकसाथ भएको उनीहरूले अभिनय गरेका भिडियोहरुमा देख्न पाइन्छन् । पछिल्लो समय यी दुईले एक पछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् । लक्ष्मी र जीवनको अभिनयको साथमा दिन खोजेको सन्देश र मर्मले सबैको मन जितेको छ । यसैबिच जीवन भट्टराई ,लक्ष्मी बर्देवा र गायक महेन्द्र राज बरालको अभिनय रहेको 'रुमालै चिनो धोई धोई'बोलको गीत केही दिन अघी सार्वजनिक भयो । गीतमा महेन्द्र राज बराल र अस्मिता अधिकारीको आवाज रहेको छ भने हरि लम्सालको शब्द, सङ्गीत रहेको छ ।

अन्तर्जातीय तथा तल्लो वर्गसँग प्रेम गर्दा समाजले राख्ने चासो तथा लगाउने लाञ्छनालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको गीतको भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् । सरल मनमा बस्ने र मार्मिक अभिनय गर्ने जीवन र लक्ष्मीले समाजमा प्रेमी प्रेमीकाले भोग्नु पर्ने कुरालाई यस अघी पनि म्युजिक भिडियो मार्फत पस्किसकेका छन् । गीत 'रुमालै चिनो धोई धोई' तथा यसको भिडियोलाई दर्शक श्रोताले निकै मन पराएका छन् । अहिलेसम्म डेढ लाख बढिले हेरिसकेको म्युजिक भिडियोलाई निकै सकारात्मक प्रतिक्रिया मिलेको छ । दर्शकले यो जोडीको कामको साथमा उनीहरूको जीवन पनि एक उदाहरण भएको प्रतिक्रिया दिइरहेका छन् । दर्शकको अपार मायासँगै जीवन र लक्ष्मी एक पछि अर्को काममा निकै व्यस्त छन् भने उनीहरूले अभिनयाँ गरेका म्युजिक भिडियो एक पछि अर्को गर्दै सार्वजनिक हुने तयारीमा छन् । यस अघी 'जेल पनि सहुँला' बोलको म्युजिक भिडियोलाई दर्शकले निकै रुचाएका थिए ।