उषा खड्गी सन् २००० कि मिस नेपाल हुन् । उनी हाल सम्मका मिस नेपाल मध्य एक सक्रिय र निरन्तर विभिन्न कार्यमा सफल मिस नेपाल हुन् । बिस वर्ष अघी मिस नेपालको ताज पहिरिएकी खड्गी आज पनि उत्तिकै जागरूक जोसिली र सक्रिय छिन् । उनी एक सफल सामाजिक व्यक्ती त हुन् नै साथमा उनी एक सफल उद्यमी पनि हुन् । उनले विगत ९ वर्ष यता बुटिक सञ्चालन गर्दै आएकी छिन् । फेसन डिजाइनिङ पढेकी उनी आफ्नो रुचि र सोखको व्यवसाय गरिरहेकी छिन् जसमा उनी सफल पनि भइरहेकी छिन् । उनले सञ्चालन गरेको बुटिकले सफलताका साथ ९ वर्ष पार गरेको अवसरमा उनले आफ्ना ग्राहकाका लागी विशेष अफर पनि ल्याएकी छिन् । हामीले सफल अनि सुन्दर उषा खड्गीसँग उनको करिअर, व्यक्तिगत जीवन, उनको व्यवसाय लगायत विषयमा कुरा गरेका छौँ । उनले आफूले पाएको सफलता, व्यवसाय र व्यक्तिगत जीवन लगायत कुराहरू हामीसँग साँटेकी छिन् । हेरौँ सिनेपाटी टिभीसँग उषा खड्गीले गरेको कुराकानी भिडियोमा: