बलिउडका 'बाहुबली' निर्देशक एसएस राजमौलीलाई कोरोना सङ्क्रमण भएको छ । निर्देशक राजमौली र परिवारका सदस्यलाई खोकी लागेपछि जँचाउन जाँदा कोरोना पोजेटिभ देखिएको हो । यसबारे राजमौलीले ट्विटर मार्फत जानकारी दिएका हुन् । कोरोना पोजेटिभ देखिएपछि उनी हाल होम क्वारेनटाइनमा छन् । उनले यस खबर सार्वजनिक गरेसँगै बलिउड कर्मी देखी उनका शुभचिन्तकले चिन्ता व्यक्त गरेका छन् । साथमा स्वास्थ्य लाभको कामना पनि गरिरहेका छन् । हाल राजमौली चलचित्र आरआरआरको निर्देशनमा व्यस्त छन् । यसमा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको मुख्य भूमिका रहने छ ।