वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य कुशल अभिनय मात्र गर्दैनन् रमाइला गीतहरू पनि गाउँछन् । उनले गाएका गीतहरूमा मनोरञ्जनका साथमा आफ्नो पन हुन्छ । समय समयमा गीत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिँदै आएका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आउँदो गाईजात्राको अवसर पारेर 'तिमी के को जान्ने' बोलको गीत सार्वजनिक गरिएको हो । गीत मा हरिवंश आचार्यकै शब्द तथा सङ्गीत रहेको छ । गीत भूपाल मन सिंहले एरेन्ज गरेका हुन् । सार्वजनिक गीत को भिडियोमा हरिवंश आचार्य, सशी कुमार खड्का, किरन तुलाधर, विकास भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, जय राम कार्कीलगायतको अभिनयाँ रहेको छ । सागर राज शर्माको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँको छायाङ्कन रहेको भिडियो मह सञ्चारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत मनोरञ्जनात्मक र सन्देश मूलक रहेको छ । गीतले वर्तमान समय र नेपालका राजनीतिलाई व्यङ्ग गरेको छ ।