निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा दुई नयाँ चलचित्र निर्माण हुने भएको छ । ‘लकडाउन र चिसो मान्छे’ नाम राखिएको चलचित्र चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिसकिएको छ । यस वर्षको सफल मानिएको चलचित्र 'आमा'ले मै यस चलचित्र निर्माण गर्ने छ । चाहना अनुसार दुवै चलचित्र सामाजिक कथा वस्तुमा निर्माण हुने निर्देशक दीपेन्द्रले बताएका छन् । दुवै चलचित्रलाई निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । उनका अनुसार सुरुमा ‘चिसो मान्छे’को काम सक्ने योजना रहेको छ । सावधानी अपनाएर सरकारले छायाङ्कनको अनुमति दिएसँगै काम सुरु हुने बताइएको छ । चलचित्रको लागि अन्य कलाकार तथा प्राविधिकको टिम फाइनल भैसकेको छैन ।