चलचित्र 'झ्यानाकुटी २' बन्ने भएको छ । अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र 'झ्यानाकुटी' को दोस्रो भागको लागी यति बेला काम भइरहेको छ । यसको स्क्रिप्ट लेखक प्रदीप भारद्वाजले तयार पारेका छन् । 'झ्यानाकुटी'लाई सिमोस सुनुवारले निर्देशन गरेका थिए भने अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी थिइन् । चलचित्रले सुखद व्यापार भने गर्न सकेको थिएन । निर्माण टिमबिच चलचित्रको सिक्वेल वा प्रिक्वेल बनाउने भन्ने विषयमा छलफल भइरहेको निर्देशक सुनुवारले बताएका छन् । लेखक प्रदीपजीले सिक्वेलका लागि स्क्रिप्ट तयार पारेको तर आफूलाई भने प्रिक्वेल बनाउँदा राम्रो हुन्छ भन्ने लागेको उनले ब ताएका छन् । चलचित्रको अघिल्लो भागमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको थियो भने अब बन्ने भागमा पनि यी दुई नै पक्का भैसकेको निर्माण पक्षले जनाएको छ ।