चलचित्र ‘दिमाग खराब’ अब नबन्ने भएको छ । निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने भनिएको चलचित्रको कथा एक बलिउड चलचित्रसँग मिलेपछि अब चलचित्र नबन्ने भएको हो । यसलाई सिमोस सुनवारले निर्देशन गर्ने भनिएको थियो । चलचित्रमा निश्चल विदेशबाट फर्किएको युवाको भूमिकामा देखिँदै थिए भने स्वस्तिमा विदेश जानका लागि तयार गरिरहेकी एक युवतीको भूमिकामा देखिने तयारीमा थिइन् । यसको कथा बलिउड चलचित्र ‘मोतीचुर चकनाचुर’सँग मिल्ने भएपछि नबन्ने नै भएको हो । यस अघी निश्चल र स्वस्तिमाले एकसाथ चलचित्र ‘घामड शेरे’मा काम गरेका थिए । अब निर्देशक तथा कलाकार निश्चल अर्को एक चलचित्रको तयारीमा लागेका छन् । सरकारले लकडाउन खोलेसँगै नेपाली फिल्म इन्डस्ट्री केही जुरमुराएको छ । यद्यपि सरकारले छायाङ्कन लगायत हल सम्म सञ्चालन गर्ने अनुमति भने दिइसकेको छैन ।