गायिका बानिका प्रधानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'बेरङ्ग जिन्दगी' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा अनुप सुब्बाको शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन सुमित विश्वकर्माले गरेका हुन् । भिडियोसहित सार्वजनिक गीतमा सन्दिप श्रेष्ठ र रेनु योगीको मुख्य भूमिका रहेको छ । यसलाई राजन राईले निर्देशन गरेका हुन् भने छायाङ्कन पनि उनकै रहेको छ। गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ। भिडियोले निकै असहज अवस्थामा रहेको एक युवतिको कथा भनेको छ । जो यिनै असहज स्थितिमा पनि प्रेम गरिरहेकी छिन। भिडियोमा कलाकार योगीको अभिनय जबरजस्त देखिन्छ भने गीतले प्रवाह गर्न खोजेको सन्देश भिडियोमार्फत कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। गीत म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।