चर्चित हाँस्य कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्माको आज जन्मदिन परेको छ । शर्माले आज आफ्नो ४८औँ जन्मदिन मनाउँदै छन् । हाँस्य टेलिसिरियल 'तितो सत्य'बाट 'गैँडा' को भूमिकाले चिनिएका शर्माले धेरै चलचित्र लगायत अन्य सिरिज हरूमा पनि काम गरिसकेका छन् । दर्शकले 'गैँडा'को भूमिकाबाट चिनेका कलाकार शर्मा आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउँदै छन् । सबै कलाकर्मी तथा शुभचिन्तकका प्रिय निर्मल शर्मालाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । सामाजिक सञ्जालमा उनका साथीभाइ एवम् शुभचिन्तकले शुभकामना दिइरहेका छन् । लोकप्रिय कलाकार शर्मालाई जन्मदिनको शुभकामना!!