मेलिना राई र पदम राईको आवाजमा नयाँ गीत सार्वजनिक बहेको छ । 'सख्खर चिनी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द रहेको छ भने शङ्कर थापा स्माइलको कम्पोज रहेको छ । गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् । म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोलाई  बिस्टले निर्देशन गरेका हुन् भने सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । गीतमा प्रेमीकालाई फकाउन प्रेमीले गरेको बयान र प्रेमीलाई खुसी बनाउन प्रेमिकाले स्विकार गरेको तारिफलाई शब्दमा र सङ्गीतमा प्रस्तुत गरिएको छ । गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ भने सरोज र आश्माको जोडी सधैँ झैँ गीतमा निकै खुलेको छ ।