शिव परियारको स्वरमा रहेको गीत ‘नाचेँ फिरिरि’ सार्वजनिक भएको छ । डा. चन्द्र गिरीको शब्द रचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गत बिहीबार सार्वजनिक गरिएको गीतलाई दर्शकले निकै रुचाएका छन् । सार्वजनिक गीतको भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्स प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलको रूपमा नृत्य तथा अभिनय गरेका छन् । गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्सन गरेका छन् । निकै लोकप्रिय र दर्शकको मुखमा झुन्डिन सफल गीत सार्वजनिक गर्दै आएका गायक परियारको यस गीत पनि मनोरञ्जनात्मक र सुन्दर बनेको छ ।