अभिनेता दयाहाङ राई र मोडल निरञ्जली लामा फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपा लामा र तेम्बा शेर्पाको आवाज रहेको गीत म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको हो । ‘बल्ल बल्ल भेट भो’ बोलको गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दयाहाङ र निरञ्जलीको साथमा क्षितिज सुवेदीको अभिनय देख्न सकिन्छ । भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने भिडियो सम्पादन विकाश ज्ञवालीले र कलर करेक्सन जीवन थापाले गरेका हुन् । भिडियोमा नायक दयाहाङ राईलाई फरक लुक्स र भूमिकामा देख्न सकिन्छ भने द या र निरञ्जलीको नृत्य आकर्षक देखिन्छ । गीतमा प्रेमी प्रेमिका बिचको रोमान्स, दयाको चुलबुले बानी र एक अर्काको प्रेममा मग्न जोडीका रूपमा दुईलाई प्रस्तुत गरिएको छ ।