बिहीबार चलचित्र ‘२ रुपैँया’को ट्रेलर सार्वजनिक भयो । ट्रेलर सार्वजनिक कार्यक्रममा प्रायको प्रश्न थियो ‘२ रुपैयाँ’ किन ? चलचित्र ‘२ रुपैयाँ’को लागी दुई वर्ष सम्म काम गरेको बताउने निर्देशक असीम शाह भन्छ्न ‘अनुसार ‘२ रुपैँया’ भित्र धेरै कुरा लुकेको छ । जुन समय आएपछि सबैलाई थाहा हुन्छ ’ । सार्वजनिक ट्रेलरमा पनि २ रुपैयाँले लाख कमाउन लागी परेका युवाको कथालाई समेटिएको छ । यति बेला २ रुपैयाँको ट्रेलरले भने लाख कमाउने दौडमा लागी परेको छ । बिहीबार रिलिज भएको ट्रेलरलाई आइतबारसम्म ७ लाख बढीले हेरिसकेका छन् । त्यस्तै नेपालको ट्रेडिङ  नम्बर २ मा ट्रेलर पुगेको छ । यसै चलचित्रमा समावेश भएको ‘कुटुमा कुटु’ले केही समय अघि करोड भ्यु पुराएको थियो ।

 

असीम शाहको निर्देशनमा तयार भएको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल बस्नेत र आसिफ शाहको मुख्य भूमिका रहेको छ । जिटूवान प्रोडक्शन र ब्ल्याक हर्षको प्रस्तुति रहेको चलचित्रमा अन्य कलाकार बुद्धि तामाङ, मेनुका प्रधान, रबिन्द्र झा, राजन इशान, टिका पहारी, प्रतीक राज न्यौपाने, विशारत बस्नेत लगायतको अभिनय रहेको छ । २ रुपैयाँभदौ २३ गतेबाट अल नेपाल रिलिज हुने छ ।