अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले विशाल सापकोटाको निर्देशनमा बन्ने चलचित्रको लागी तयारी थालेका हुन् । पछिल्लो समय चलचित्र ‘सेल्फी किङ्ग’को निर्देशन गरेका सापकोटा र पछिल्लो समय चलचित्र 'हजार जुनी सम्म' अभिनय गरेका आर्यनको टिम अप हुने पक्का भैसकेको छ । यति बेला विशाल र आर्यन लोकेसन हेर्न पोखरामा छन् । नाम तथा अन्य कलाकार फाइनल नभए पनि चलचित्र सानो बजेटमा निर्माण गरिने बताइएको छ । चलचित्रको टिम पनि सानै हुने बुझिएको छ भने टिममा कोको अट्नेछन् त्यो भने निश्चित भैसकेको छैन । विशालले आफू चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक बनाउने तयारी गरिरहेको जनाएका छन् । तर सुरुमा आर्यन र उनको सहकार्यमा बन्ने चलचित्रको नै काम सकिने अनि मात्र अन्य प्रोजेक्टको काम सुरु गरिने उनको भनाइ छ ।