हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै बिच गीतहरूको चाड तीजको अवसर पारेर 'दिल खोलेर नाचिन्छ' बोलको गीत सार्वजनिक भएको छ । गीतमा महिमा श्रेष्ठको स्वर रहेको छ भने सङ्गीत कोसिस क्षेत्रीको छ । रेखा पन्तको शब्द रचना रहेको गीत पुरुषोत्तमले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् । गीतको भिडियो निर्देशक समन्द्र भट्टले गरेका हुन् । गीत मा नेपाली मौलिकता झल्कने सङ्गीत र शब्द रहेको छ भने भिडियोमा पनि नीताले निकै सुन्दर नृत्य गरेकी छिन् । मित्र डि. गुरुङले सम्पादन गरेको गीतको भिडियोमा कोरियोग्राफी गोविन्द राईको छ । भिडियोलाई आकाश बुढाथोकी र शान्ता बस्नेतले निर्माण गरेका हुन् ।