कोरोना महामारी फैलिएसँगै सञ्चालन भइरहेका सम्पूर्ण कार्यक्रम तथा चलचित्र क्षेत्र नै बन्द भयो । सञ्चालन भइरहेको नेपाली साङ्गीतिक रियालिटी शो 'नेपाल आइडल–३' पनि कोरोना महामारीका कारण बन्द भएको थियो । चार महिना लामो लकडाउन खुलेसँगै रोकिएका विभिन्न कार्यक्रम सञ्चालनमा आएका छन् भने केही सञ्चालनमा आउने तयारीमा छन् । यसै बिच कोरोना भाइरसका कारण स्थगित भएको 'नेपाल आइडल–३' बिहीबारबाट पुन सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । लकडाउनसँगै नेपाल आइडल स्थगित भएपछि प्रतिस्पर्धीलाई उनीहरूको आआफ्नै घर पुर्याइएको थियो । यस कार्यक्रम बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुने छ ।