चक्लेटी नायक आर्यन सिग्देल आज आफ्नो जन्मदिन मनाउँदै छन् । १९८४ अगस्ट ५ का दिन जन्मिएका उनी आज आफ्नो ३६ औँ जन्मदिन मनाउँदै छन् । काठमाडौँ थानकोटमा जन्मिएका उनले अभिनयाँ गरेको पहिलो चलचित्र हो 'किस्मत' । अभिनयाँ र व्यक्तित्वले दर्शकको मन जित्न सफल आर्यनले चलचित्र ‘मेरो एउटा साथी छ’ मा पहिलो पटक मुख्य भूमिका निभाएका थिए । सिग्देलको वास्तविक जन्मदिन साउन २१ गते भए पनि उनले भने तिथि अनुसार केही दिन अगाडी नै आफ्नो जन्मदिन मनाइसकेका छन् । आर्यनलाई जन्मदिनको अवसर पारेर शुभकामना दिनेको लर्को लागेको छ । सामाजिक सञ्जाल मा उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । यति बेला आर्यन भने पोखरामा छन् । उनको आगामी चलचित्रको लागी लोकेसन हेर्न र कुरा फाइनल गर्न उनी निर्देशक विशाल सापकोटासँग पोखरा पुगेका हुन् ।