भारतीय पत्रकार अर्नब गोस्वामी निकै चर्चित तथा विवादित व्यक्तित्व हुन् । उनको प्रस्तुतिको शैली अन्तर्वार्तामा अतिथिलाई गर्ने व्यवहारका कुराले उनलाई विवादित बनाउने गर्छन् । रिपब्लिक टिभीका सम्पादक तथा पत्रकार गोस्वामीको व्यक्तित्वमा आधारित रहेर चलचित्र बन्ने भएको छ । भारतीय मिडियाका अनुसार बलिउडका चर्चित निर्माता राम गोपाल वर्माले यस चलचित्रको घोषणा गरेका हुन् । गोस्वामीप्रति आक्रोश व्यक्त गर्दै  'अर्नब द न्युज प्रोस्टिट्युट' नामको चलचित्र बनाउन लागेका हुन् । निर्माता वर्माले अभिनेता सुशान्त सिंह राजपूतको निधन प्रकरणले बलिउडमा विभिन्न प्रश्नहरू उब्जिएकोले यसै विषयलाई लिएर गोस्वामीले बलिउडलाई विभिन्न तरिकाले व्याख्या गरेको बताएका छन् । अर्नवले बलिउडलाई अपमानजनक हिसाबले प्रस्तुत गरेको र यसले आफूलाई चित्त नबुझेको बताउँदै सत्य तथ्य बाहिर ल्याउने कोसिसमा यस चलचित्र निर्माण गर्न लागेको स्पष्ट पारेका छन् ।