बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा सिबीआई जाँच गर्न सिफारिस गरिएको छ । विहार सरकारले सुशान्तका पिता केके सिंहले मङ्गलवार भेटेरै सिबीआई जाँचको माग गरेपछि केन्द्र सरकारलाई सिफारिस पत्र पठाइएको हो । विहारका मुख्यमन्त्री नितीश कुमारले सिफारिस पत्र पठाएका हुन् । यसै बिच केही दिन अघी सुशान्तका पिताले पटना प्रहरीमा प्रेमिका रिया चक्रवर्तीविरुद्ध माया जाल फसाएर पैसा हडपेको र मर्न बाध्य पारेको आरोप लगाउँदै उजुरी दिइसकेका छन् । सुशान्तको मुद्दामा सिबीआई जाँचका लागि आवाज उठिरहँदा मुम्बई पुलिसमाथि प्रश्न उठिरहेको छ । सुशान्तका पिताले पटना प्रहरीमा प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएपछि अनुसन्धानमा जुटेको विहार पुलिसले मुम्बईमा सहयोग नगरेको र अनुसन्धानका लागि मुम्बई पुगेका सिनियर एसपीलाई पुगेकै दिन मध्यरातमा जबरजस्ती क्वारेनटाइनमा राखेकी विषय निकै विवादित भएको छ । अब भने विहार पुलिसले अनुसन्धानका लागि अब डिआइजी तहमा प्रहरी टोली मुम्बई पठाउने भएको छ ।