'हिमालयन रोडिज सिजन ३' का विजेता हुन् सुजन सुबेदी । उनी गत सोमबार प्रसारण भएको हिमालयन रोडिज सिजन ३ को फाइनल एपिसोडबाट विजेता घोषित भएका हुन् । लकडाउनको कारण स्थगित भएको कार्यक्रम लकडाउन केही खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको थियो । केही समय अघी नै खिचेर तयार गरिएको अन्तिम एपिसोडको प्रसारणसँगै सुजनको चर्चा निकै चलिरहेको छ । उनी विजेता घोषित हुँदा सबैले सही र लायक प्रतिस्पर्धीले जितेकोमा सुजनका समर्थकले खुसी मनाएका छन् । भने उनी विजेता हुँदा कसैले  विरोध गरेका छैनन् । अडिसनबाटै सबैको मन जितेका सुबेदी आफ्नो जीतमा खुसी त छन् नै योसँगै आफ्नो परिवार र समाज मा आफ्नो पहिचान बनेकोमा भावुक पनि छन् । पोखरका सुजनले आफूले रोडिजमा आउनु अघी र यससँग जोडिए पछिका अनुभव हामीसँग साँटेका छन् । भिडियोमा हेरौँ सुजनको रोडिज यात्रा!!