केही समय देखि ‘नमुना नेपाल’ निर्माणको लागी जग्गा खोजीमा रहेका हाँस्य कलाकार जोडी सितार  कट्टेल ‘धुमुर्स’ र कुन्जना घिमिरे ‘सुन्तली’ले अनन्त जग्गा फेला पारेका छन् । ३ वटा बस्ती बनाएर विश्वभरका नेपालीको मन जितिसकेका ‘धुमुर्स–सुन्तली’ले ललितपुरको लेलेमा नमुना नेपाल बन्न सक्ने जग्गा भटाएको बताए ।  सरकारले स्वीकृति दिएको खण्डमा ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक वनमा ‘नमुना नेपाल’ बन्ने उनीहरूले बताएका छन् ।

 

करिब ५ अर्ब बजेटमा पुरा हुने ‘नमुना नेपाल’को लागी जग्गा हेर्न गएका जोडीलाई स्थानीयले परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका छन् । आफूहरूले खोजेको जस्तो ठाउँ भेटेकोमा खुसी रहेका  धुमुर्स सुन्तली सरकारले साथ दिनेमा विश्वस्त रहेको बताए ।